01-12-2020
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– तिमीले अहिले रूहानी बाबाद्वारा रूहानी ड्रिल सिकिरहेका छौ , यसै ड्रिलद्वारा तिमी मुक्तिधाम , शान्तिधाममा जान्छौ।”
प्रश्न:– बाबाले बच्चाहरूलाई पुरुषार्थ गराइरहनु हुन्छ, तर बच्चाहरू कुन कुरामा धेरै मजबुत रहनु पर्छ?
उत्तर:– पुरानो दुनियाँलाई आगो लाग्नु भन्दा पहिला तयार हुनु छ, आफूलाई आत्मा सम्झिएर बाबाको यादमा रहेर बाबाबाट पूरा-पूरा वर्सा लिनमा धेरै मजबुत रहनु छ। फेल हुनु छैन। जसरी ती विद्यार्थीहरू फेल भए भने पछुताउँछन्, सम्झन्छन्– मेरो यो वर्ष व्यर्थमा गयो। कसैले त भन्छन्– पढिनँ त के भयो? तर तिमी धेरै मजबुत रहनु छ। टिचरले यस्तो भन्न नपरोस्– टू लेट।

ओम् शान्ति। रूहानी बाबाले रूहानी बच्चाहरूलाई रूहानी पाठशालामा डाइरेक्सन दिनुहुन्छ वा यस्तो भनौं– बच्चाहरूलाई ड्रिल सिकाउनु हुन्छ। जसरी शिक्षकले डाइरेक्सन दिन्छन् वा ड्रिल सिकाउँछन् नि। यहाँ रूहानी बाबाले पनि बच्चाहरूलाई डाइरेक्ट भन्नुहुन्छ। के भन्नुहुन्छ? मनमनाभव। जसरी उनीहरूले भन्छन्– अटेन्सन प्लिज। बाबा भन्नुहुन्छ– मनमनाभव। यो हरेकले आफूमाथि दया गर्नु जस्तै हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एकलाई याद गर, अशरीरी बन। यो रूहानी ड्रिल आत्माहरूलाई आत्माको बाबाले नै सिकाउनु हुन्छ। उहाँ परम शिक्षक हुनुहुन्छ। तिमी हौ नायब शिक्षक। तिमीले पनि सबैलाई भन्छौ– आफूलाई आत्मा सम्झिएर, बाबालाई याद गर्नुहोस्, देही-अभिमानी भव। मनमनाभवको अर्थ पनि यो हो। डाइरेक्सन दिनुहुन्छ बच्चाहरूको कल्याणको लागि। स्वयं कसैबाट सिक्नु भएको होइन। अरू सबै शिक्षकहरूले त स्वयं सिकेर फेरि सिकाउँछन्। उहाँले त कहीं विद्यालय आदिमा पढेर सिक्नु भएको छैन। उहाँले केवल सिकाउनु हुन्छ। भन्नुहुन्छ– म तिमी आत्माहरूलाई रूहानी ड्रिल सिकाउँछु। उनीहरू सबैले जिस्मानी बच्चाहरूलाई जिस्मानी ड्रिल सिकाउँछन्। उनीहरूले ड्रिल आदि शरीरद्वारा नै गर्नुपर्छ। यसमा त शरीरको कुनै कुरा नै छैन। बाबा भन्नुहुन्छ– मेरो कुनै शरीर छैन। मैले त ड्रिल सिकाउँछु, डाइरेक्सन दिन्छु। उहाँमा ड्रिल सिकाउने ड्रामा योजना अनुसार पार्ट भरिएको छ। सेवा भरिएको छ। आउनु हुन्छ नै ड्रिल सिकाउन। तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु छ। यो त धेरै सहज छ। सिँढी बुद्धिमा छ– कसरी ८४ को चक्र लगाएर तल झर्यौं। अहिले बाबा भन्नुहुन्छ– तिमी फर्केर जानु छ। अरू कसैले पनि आफ्नो अनुयायीलाई या विद्यार्थीलाई भन्दैनन्– हे रूहानी बच्चाहरू! अब फर्केर जानु छ। रूहानी बाबा सिवाय कसैले सम्झाउन सक्दैन। बच्चाहरूले जानेका छन्– अब हामी फर्केर जानु छ। यो दुनियाँ नै अहिले तमोप्रधान छ। हामी सतोप्रधान दुनियाँको मालिक थियौं फेरि ८४ को चक्कर लगाएर तमोप्रधान दुनियाँको मालिक बनेका छौं। यहाँ दु:ख नै दु:ख छ। बाबालाई दु:ख-हर्ता सुख-कर्ता भनिन्छ अर्थात् तमोप्रधानबाट सतोप्रधान बनाउनेवाला बाबा एउटै हुनुहुन्छ। तिमी बच्चाहरूले सम्झन्छौ– हामीले धेरै सुख देखेका छौं। कसरी राजाई गर्यौं, त्यो याद छैन तर लक्ष्य-उद्देश्य सामुन्ने छ। त्यो हो नै फूलको बगैंचा। अहिले हामी काँडाबाट फूल बनिरहेका छौं।

तिमीले यस्तो भन्दैनौ– कसरी निश्चय गरौं? यदि संशय छ भने विनश्यन्ती। विद्यालयबाट खुट्टा हटायो भने पढाइ बन्द हुन्छ। पद पनि विनश्यन्ती हुन्छ। धेरै घाटा पर्छ। प्रजामा पनि कम पद भएर जान्छ। मूल कुरा नै सतोप्रधान पूज्य देवी-देवता बन्नु हो। अहिले त देवता होइनौ नि। तिमी ब्राह्मणहरूलाई समझ आएको छ। ब्राह्मणले नै आएर बाबासँग ड्रिल सिक्छन्। भित्र खुसी पनि हुन्छ। यो पढाइ राम्रो लाग्छ नि। भगवानुवाच हो, उनीहरूले त कृष्णको नाम राखिदिएका छन् तर तिमीलाई थाहा छ– कृष्णले यो ड्रिल सिकाएका होइनन्, यो त बाबाले सिकाउनु हुन्छ। कृष्णको आत्मा जो भिन्न-भिन्न नाम-रूप धारण गर्दै तमोप्रधान बनेको छ, उसलाई पनि सिकाउनु हुन्छ। स्वयंले सिक्नु भएको छैन, अरू सबैले कोही न कोहीबाट अवश्य सिक्छन्। उहाँ हुनुहुन्छ नै सिकाउनेवाला रूहानी बाबा। तिमीलाई सिकाउनु हुन्छ, तिमीले फेरि अरूलाई सिकाउँछौ। तिमीले ८४ जन्म लिएर पतित बनेका छौ, अब फेरि पावन बन्नु छ। त्यसको लागि रूहानी बाबालाई याद गर। भक्ति मार्गमा तिमीले गायन गर्दै आयौ– हे पतित-पावन! अहिले पनि तिमी गएर हेर्न सक्छौ। तिमी राजऋषि हौ नि। जहाँ पनि घुम-फिर गर्न सक्छौ। तिमीलाई कुनै बन्धन छैन। तिमी बच्चाहरूलाई यो निश्चय छ– बेहदका बाबा सेवामा आउनु भएको छ। पिताले बच्चाहरूबाट पढाइको शुल्क कसरी लिन सक्छन्? शिक्षककै बच्चा छ भने नि:शुल्क पढाउँछन् नि। उहाँले पनि नि:शुल्क पढाउनु हुन्छ। यस्तो नसम्झ– हामीले केही दिन्छौं। यो शुल्क होइन। तिमीले केही दिदैनौ, यसको रिटर्नमा त धेरै लिन्छौ। मनुष्यले दान-पुण्य गर्छन्, सम्झन्छन्– रिटर्नमा हामीलाई मिल्छ अर्को जन्ममा। त्यो अल्पकाल क्षणभंगुर सुख मिल्छ। मिल्छ अर्को जन्ममा तर त्यो तल झर्ने जन्ममा मिल्छ। सिँढी झर्दै आउँछौ नि। अहिले जे तिमीले गर्छौ त्यो चढ्ती कलामा जानको लागि हो। कर्मको फल भन्छन् नि। आत्मालाई कर्मको फल मिल्छ। यी लक्ष्मी-नारायणलाई पनि कर्मको नै फल मिलेको हो नि। बेहदका बाबाबाट बेहदको फल मिल्छ। त्यो मिल्छ अप्रत्यक्ष। ड्रामामा निश्चित छ। यो पनि बनिबनाऊ ड्रामा हो। तिमीले जानेका छौ– हामीले कल्पपछि आएर बाबाबाट बेहदको वर्सा लिन्छौं। बाबाले हाम्रो लागि बसेर विद्यालय बनाउनु हुन्छ। ती गवर्मेन्टका हुन् जिस्मानी विद्यालय। जसमा भिन्न-भिन्न प्रकारले आधाकल्प पढ्दै आयौ। अहिले बाबाले २१ जन्मको लागि सबै दु:ख हटाउनको लागि पढाउनु हुन्छ। त्यहाँ त हुन्छ राजाई। त्यहाँ नम्बरवार त आउँछन् नै। जसरी यहाँ पनि राजा-रानी, मन्त्री, प्रजा आदि सबै नम्बरवार हुन्छन्। यो हो पुरानो दुनियाँ, नयाँ दुनियाँमा त धेरै कम हुन्छन्। त्यहाँ सुख धेरै हुन्छ, तिमी विश्वको मालिक बन्छौ। राजा महाराजाले राज्य गरेर गए। उनीहरूले कति खुसी मनाउँछन्। तर बाबा भन्नुहुन्छ– उनीहरू त तल गिर्नु नै छ। सबै गिर्छन् नि। देवताहरूको पनि बिस्तारै-बिस्तारै कला कम हुँदै जान्छ। तर त्यहाँ रावण राज्य नै हुँदैन त्यसैले सुख नै सुख हुन्छ। यहाँ छ रावण राज्य। तिमी जसरी चढ्छौ त्यसैगरी गिर्छौ पनि। आत्माहरू नै नाम-रूप धारणा गर्दै तल झर्दै आएका छन्। ड्रामा योजना अनुसार कल्प पहिला जसरी गिरेर तमोप्रधान बनेका छन्। काम चितामा चढेपछि नै दु:ख सुरु हुन्छ। अहिले छ अति दु:ख। त्यहाँ फेरि अति सुख हुन्छ। तिमी राजऋषि हौ। उनीहरूको हो नै हठयोग। तिमीले कसैसँग पनि सोध– रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ? उनले भन्छन्– जान्दैनौं। उसैले सोध्छ जसले स्वयं जान्दछ। स्वयंले नै जानेको छैन भने कसरी सोध्न सक्छ? तिमीलाई थाहा छ– ऋषि-मुनि आदि कोही पनि त्रिकालदर्शी थिएनन्। बाबाले हामीलाई त्रिकालदर्शी बनाइरहनु भएको छ। यी बाबा जो विश्वको मालिक थिए, यिनलाई ज्ञान थिएन। यस जन्ममा पनि ६० वर्षसम्म ज्ञान थिएन। जब बाबा आउनु भयो, अनि बिस्तारै-बिस्तारै यो सबै सुनाउँदै जानुहुन्छ। हुन त निश्चयबुद्धि हुन्छन् फेरि पनि मायाले धेरै गिराइरहन्छ। नाम सुनाउन सक्दिनँ, नत्र निराश हुन्छन्। समाचार त आउँछ नि। संगत खराब भयो, नयाँ विवाह गरेकासँग संगत भयो, चलायमान भएर गए। भन्छन्– म विवाह नगरी रहन सक्दिनँ। राम्रो महारथी सधैं आउने, यहाँ पनि कति पटक आएर गएका छन्, उनलाई पनि मायारूपी गोहीले पक्डिएको छ। यस्ता धेरै केस भइरहन्छन्। अहिले विवाह गरेका छैनन्। मायाले मुखमा हालेर निलिदिन्छ। स्त्रीरूपी मायाले खिचिरहन्छ। गोहीको मुखमा आएर पर्छन्, फेरि बिस्तारै-बिस्तारै निल्छ। कसैले लापर्बाही गर्छन् वा देखेपछि चलायमान हुन्छन्। सम्झन्छन्– म माथिदेखि एकदम तल खाडलमा गिर्नेछु। भनिन्छ– बच्चा धेरै राम्रो थियो। अब बिचरा गयो। विवाह भयो, मर्यो। बाबा त बच्चाहरूलाई सदैव लेख्नुहुन्छ– बाँचिराख। कहीं जोडसँग मायाको आक्रमण नहोस्। शास्त्रमा पनि यी कुरा छन् नि। अहिलेका यी कुरा पछि गायन गरिन्छ। त्यसैले तिमीले पुरुषार्थ गराउँछौ। यस्तो नहोस्– कहीं मायारूपी गोहीले निलोस्। किसिम किसिमबाट मायाले पक्डन्छ। मुख्य हो काम महाशत्रु, यससँग धेरै सम्हाल गर्नुपर्छ। पतित दुनियाँ नै पावन दुनियाँ कसरी बनिरहेको छ, तिमीले देखिरहेका छौ। अलमलिने कुरै छैन। केवल आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नाले सबै दु:ख हट्छन्। बाबा नै पतित-पावन हुनुहुन्छ। यो हो योगबल। प्राचीन राजयोग धेरै प्रसिद्ध छ। सम्झन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला प्याराडाइज थियो। त्यतिबेला अरू कुनै धर्म हुँदैन। कति सहज कुरा छ, तैपनि बुझ्दैनन्। अहिले तिमीलाई थाहा छ– त्यो राज्य फेरि स्थापना गर्नको लागि बाबा आउनु भएको छ। ५ हजार वर्ष पहिला पनि शिवबाबा आउनु भएको थियो। अवश्य यही ज्ञान दिएको हुनुपर्छ, जसरी अहिले दिइरहनु भएको छ। बाबा स्वयं भन्नुहुन्छ– म कल्प-कल्प संगममा साधारण तनमा आएर राजयोग सिकाउँछु। तिमी राजऋषि हौ। पहिला थिएनौ। बाबा आउनु भएको छ त्यसपछि नै बाबाको पासमा रहेका छौ। पढ्छौ पनि, सेवा पनि गर्छौ– स्थूल सेवा र सूक्ष्म सेवा। भक्ति मार्गमा पनि सेवा गर्छन् फेरि घरबार पनि सम्हाल्छन्। बाबा भन्नुहुन्छ– अब भक्ति पूरा भयो, ज्ञान सुरु हुन्छ। म आउँछु, ज्ञानबाट सद्गति दिन। तिम्रो बुद्धिमा छ– हामीलाई बाबाले पावन बनाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– ड्रामा अनुसार तिमीलाई मार्ग बताउन आएको छु। शिक्षकले पढाउनु हुन्छ, लक्ष्य-उद्देश्य सामुन्ने छ। यो उच्च भन्दा उच्च पढाइ हो। जसरी कल्प पहिला पनि सम्झाएको थिएँ, त्यही सम्झाइरहन्छु। ड्रामाको टिक-टिक चलिरहन्छ। सेकेन्ड बाई सेकेन्ड जो बित्छ त्यो फेरि ५ हजार वर्षपछि दोहोरिन्छ। दिन बित्दै जान्छन्। यो विचार अरू कसैको बुद्धिमा छैन। सत्ययुग, त्रेता, द्वापर, कलियुग बित्यो त्यो रिपीट हुन्छ। बित्यो पनि त्यही, जो कल्प पहिला बितेको थियो। बाँकी थोरै दिन छन्। उनीहरूले लाखौं वर्ष भनिदिन्छन्, त्यसको तुलानामा तिमीले भन्छौ– बाँकी केही घण्टा छन्। यो पनि ड्रामामा निश्चित छ। जब आगो लाग्छ तब जाग्छन्। फेरि त टू लेट हुन्छ। त्यसैले बाबाले पुरुषार्थ गराइरहनु हुन्छ। तयार भएर बस। शिक्षकलाई यस्तो भन्न नपरोस्– टू लेट, फेल हुने धेरै पछुताउँछन्। सम्झन्छन्– मेरो यो साल व्यर्थ गयो। कसैले त भन्छन्– नपढेर के भयो त! तिमी बच्चाहरू मजबुत रहनु पर्छ। हामीले त बाबाबाट पूरा वर्सा लिन्छौं, आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु छ। यसमा कुनै कठिनाइ भयो भने बाबासँग सोध्न सक्छौ। यही मुख्य कुरा हो। बाबाले आज भन्दा ५ हजार वर्ष पहिला पनि भन्नु भएको थियो– म एकलाई याद गर। पतित-पावन म नै हुँ, सबैको पिता म नै हुँ। कृष्ण त सबैका पिता होइनन्। तिमीले शिवका, कृष्णका पुजारीहरूलाई यो ज्ञान सुनाउन सक्छौ। आत्मा पूज्य बनेको छैन भने तिमीले जति नै टाउको दुखाए पनि बुझ्दैनन्। अहिले नास्तिक बन्छन्। सायद पछि गएर आस्तिक बन्छन्। सम्झ, विवाह गरेर गिर्छन् फेरि आएर पढ्छन्। तर वर्सा धेरै कम भएर जान्छ किनकि बुद्धिमा अरूको याद आएर बस्छ। त्यो निकाल्नमा धेरै मुश्किल हुन्छ। पहिला स्त्रीको याद फेरि बच्चाहरूको याद आउँछ। बच्चाहरूले भन्दा पनि स्त्रीको यादले बढी खिच्छ किनकि धेरै समयको याद हुन्छ नि। बच्चाहरू त पछि हुन्छन् फेरि मित्र सम्बन्धी, घर याद आउँछ। पहिला स्त्री जसले धेरै समय साथ दिइन्, यो पनि यस्तै हो। तिमीले भन्छौ– हामी देवताहरूको साथमा धेरै समय थियौं। यसो भन्छौ– शिव बाबासँग धेरै समयदेखि प्यार छ। जसले ५ हजार वर्ष पहिला पनि हामीलाई पावन बनाउनु भएको थियो। कल्प-कल्प आएर हाम्रो रक्षा गर्नुहुन्छ त्यसैले त उहाँलाई दु:ख-हर्ता, सुख-कर्ता भनिन्छ। तिम्रो लाइन धेरै क्लियर हुनुपर्छ। बाबा भन्नुहुन्छ– यी आँखाले जे तिमीले देख्छौ त्यो त चिहान हुन्छ। अहिले तिमी छौ संगमयुगमा। अमरलोक आउनेवाला छ। अहिले हामीले पुरुषोत्तम बन्नको लागि पुरुषार्थ गरिरहेका छौं। यो हो कल्याणकारी पुरुषोत्तम संगमयुग। दुनियाँमा देखिरहेका छौ, के के भइरहेको छ। अहिले बाबा आउनु भएको छ, त्यसैले पुरानो दुनियाँ पनि खत्तम हुनु छ। पछि गएर धेरैलाई ख्यालमा आउँछ। अवश्य कोही आएको हुनुपर्छ, जसले दुनियाँलाई परिवर्तन गरिरहेको छ। यो त्यही महाभारत लडाईं हो। तिमी पनि कति समझदार बनेका छौ। यो धेरै मन्थन गरिनु पर्ने कुरा छ। आफ्नो श्वास व्यर्थ गुमाउनु छैन। तिमीलाई थाहा छ– श्वास सफल हुन्छ ज्ञानद्वारा। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) मायासँग बच्नको लागि सङ्गदोषबाट आफ्नो धेरै धेरै सम्हाल गर्नु छ। आफ्नो लाइन क्लियर राख्नु छ। श्वास व्यर्थ गुमाउनु हुँदैन। ज्ञानद्वारा सफल गर्नु छ।

२) जति समय मिल्छ, योगबल जम्मा गर्नको लागि रूहानी ड्रिलको अभ्यास गर्नु छ। अब कुनै नयाँ बन्धन बनाउनु हुँदैन।

वरदान:– बाबाको छत्रछायामा रहेर नाजुक परिस्थितिमा पनि कमल पुष्प समान न्यारा र प्यारा भव
संगमयुगमा जब बाबा सेवाधारी बनेर आउनुहुन्छ, छत्रछायाको रूपमा बच्चाहरूको सदा सेवा गर्नुहुन्छ। याद गर्नासाथ सेकेन्डमा साथको अनुभव हुन्छ। यो यादको छत्रछायाले जस्तोसुकै नाजुक परिस्थितिमा पनि कमल पुष्प समान न्यारा र प्यारा बनाइदिन्छ। मेहनत लाग्दैन। बाबालाई सामुन्ने ल्याएपछि, स्व स्थितिमा स्थित भएपछि जस्तोसुकै परिस्थिति पनि परिवर्तन हुन्छ।
स्लोगन:– परिस्थितिहरूको पर्दा बीचमा आउन नदेऊ, तब बाबाको साथको अनुभव भइरहन्छ।